विदेश

काश्मीरमा आक्रमण, ४ प्रहरीको मृत्यु

काश्मीरमा आक्रमण, ४ प्रहरीको मृत्यु

नयाँ दिल्ली । भारतको जम्मु काश्मीर राज्यको सोपियाँ जिल्लामा भएको हिंसामा चार प्रहरीको ज्यान गएको छ । भारतीय मिडियाहरूले जनाए अनुसार सोपियाँ जिल्लाको अरहा भन्ने स्थानमा बुधवार भएको चरमपन्थी हमलामा उक्त हताहती भएको हो ।

 

चरमपन्थीहरूले प्रहरी टोलीमाथि आक्रमण गरेर उनीहरूका हतियार लिएर भागेको जनाइएको छ । उक्त आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन जैस–ए–मुहम्मद र हिज्ब–उल–मुजाहिद्दीनले लिएको छ ।

 

आक्रमणपछी उक्त क्षेत्रमा सुरक्षा उपस्थिति बाधिएको छ र ठुलो सैन्य बल सहित आक्रमणकारीहरूको खोजी कार्य भइरहेको जनाइएको छ । 
 

काश्मीरमा आक्रमण ४ प्रहरीको मृत्यु

विशेष