कांग्रेस विधानका लागि सामाजिक सञ्जालबाट सुझाब लिइने
काठमाडाैं । कांग्रेसको विधान मस्यौदा समितिले काम थालेको छ । आगामी ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेस गर्ने गरी समितिले मंगलबारबाट छलफल थालेको थियो ।
पहिलो बैठकमा सबै सदस्य उपस्थित नभए पनि मंगलबार संयोजकसहित सबै सदस्य उपस्थित बैठकले कार्यालय व्यवस्थापन र कार्यविधि पास गरेको छ ।
यसअघि ७७ वटै जिल्ला र हेटौँडामा भएको जिल्ला सभापति भेलाबाट समेत विधानका लागि सुझाब लिइएको भन्दै समितिका संयोजक पूर्णबहादुर खड्काले अब थप सुझाब माग्दै विधान मस्यौदा तयार गर्दै जाने जानकारी दिए ।
बुधबार समितिले कार्यतालिका बनाउने भएको छ । आएका सुझाब अध्ययन गरेर मस्यौदा तयार गर्ने आवश्यक थप सझुाब लिनेसहितका विषय समेट्दै बुधबार कार्यतालिका जारी गरिने जानकारी खड्काले दिए ।