News देश राजनीति

 राष्ट्रियसभाको चारवटा विषयगत समिति गठन

 राष्ट्रियसभाको चारवटा विषयगत समिति गठन

काठमाडाैं ।  राष्ट्रियसभाको बिहीबार बसेको बैठकले चारवटा विषयगत समिति गठन गरेको हो । गएको फागुन २१ गते सुरु भएको संसदको समिति विभिन्न कारणबस ५ महिनापछि गठन भएका हुन् ।

 

प्रतिपक्षी दल नेपाली कांग्रेसले समितिमा रहने सदस्यको नाम बुझाउन अस्वीकार गर्दै आएको हुनाले विषयगत समिति गठनमा ढिलाइ भएको थियो । तर केही दिनअघि कांग्रेसले समितिमा रहने आफ्ना सदस्याको नाम बुझाएको छ ।

 

राष्ट्रियसभा नियमावली २०७५ मा चार समिति रहने व्यवस्था छ । राष्ट्रियसभामा दीगो विकास तथा सुशासन, विधान व्यवस्थापन, प्रत्योयोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् ।

 राष्ट्रियसभा विषयगत समिति

विशेष