विदेश मनोरञ्जन

आमिरको प्रोजेक्टको लागि अंबानीले बजेट दिने

आमिरको प्रोजेक्टको लागि अंबानीले बजेट दिने

एजेन्सी । भारतीय अभिनेता आमिर खानको अब आउने ड्रीम प्रोजेक्ट ‘महाभारत’को लागि रिलायन्स इन्टरटेनमेन्टसँग हात मिलाएका छन् । ‘महाभारत’ प्रोजेक्टका लागि आमिरले १ हजार करोडको बजेट रिलायन्स इन्डस्ट्रिजबाट पाएका छन् । 

 

आमिरले भारतीय रिपोटर्सलाई बताए अनुसार, 'यस चलचित्रलाई उनले तीन भागमा बनाउने भएका छन् । आमिरलाई उनको प्रोजेक्ट ‘महाभारत’को लागि रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले १ हजार करोड लगाउने भएका छन् । ‘महाभारत’मा अम्बानी यस चलचित्रको निर्माता भई आमिरसँग काम गर्ने छन् ।'

 

यस चलचित्रको लागि आमिरले ‘बाहुबली’का अभिनेता प्रभासलाई लिने भएका छन् ।  यस प्रोजेक्टमा ‘बाहुबली’का निर्देशक एस.एस.राजामौलीद्वारा नै निर्देशन होस् भन्ने आमिरको इच्छा रहेको छ । राजामौलीले ‘महाभारत’लाई धेरै राम्रो बनाउने इच्छा रहेको समेत बताए । हाल भारतीय चलचित्र जगतमा दीपिका पादुकोण ‘द्रौपदी’को भुमिकामा देखा पर्ने छिन्, भन्ने चर्चा रहेको छ । आमिर आफैँ ‘कृष्ण’को भुमिकामा आउने छन् । 

 

भारतीय रिपोटर्सका अनुसार, आमिरका आउन लागेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ पछि महाभारत सुरु गर्ने बताएका छन् । आमिरले ‘महाभारत’ प्रोजेक्टलाई तीन श्रृंखलामा बनाउने छन् । यस चलचित्रलाई हलिउड चलचित्र ‘लर्ड अफ दि रिङ्स’ र ‘गेम अफ थ्रोन्स’को ढाँचामा बनाउने छन् । र त्यसको लागि आमिरलाई १० देखि १५ वर्ष लाग्न सक्ने बताए । 
 
 

रिलायन्स इन्डस्ट्रिज मुकेश अम्बानी आमिर खानको प्रोजेकट ‘महाभारत’

विशेष