News

चिकित्सक संघद्वारा आयोगको प्रावधानलाई सच्याउन माग

चिकित्सक संघद्वारा आयोगको प्रावधानलाई सच्याउन माग

काठमाडौं । राष्ट्रिय चिकित्सा विधेयकमा प्रस्ताव गरिएको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगको प्रावधानलाई सच्याउन नेपाल चिकित्सक संघले माग गरेको छ । 

 

आयोग कार्यक्षेत्रका विभिन्न १७ वटा काउन्सिललाई यसले व्यवस्थित गर्न नसक्ने र राजनीतिकरण हुने आशंका गर्दै सङ्घले चिकित्सा शिक्षालाई व्यवस्थित बनाउन आयोगको विकल्प खोज्न माग गरेको हो । 

 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहितका पदाधिकारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यवस्थित गर्न फरक फरक ढङ्गबाट ऐन ल्याउनुपर्नेमा जोड दिए । 

 

बैठकमा सांसद खगराज अधिकारीले काठमाडौँ उपत्यकाभित्र नयाँ मेडिकल कलेज खोल्दा जनताले झन सर्वसुलभ रुपमा स्वास्थ्य सेवा एवं चिकित्सा शिक्षा पाउने बताए । 

 

सांसद योगेश भट्टराईले काठमाडौं उपत्यकाभित्र नयाँ मेडिकल कलेज स्थापना गर्न निषेध गर्ने अधिकार कोहीसित नरहेको बताए । उनले चिकित्सा शिक्षा विधेयमा रहेको उच्चस्तरीय आयोगले अरु सरकारी निकायको कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने स्पष्ट पारे ।


सङ्घका उपाध्यक्ष चिकित्सक ढुण्डी पौडेलले नयाँ मेडिकल कलेज स्थापनातर्फ लाग्नुभन्दा भएकाको क्षमता र गुणस्तर वृद्धिमा ध्यान दिन सुझाव दिए । 

नेपाल चिकित्सक संघ राष्ट्रिय चिकित्सा विधेयक

विशेष