शेयर

ओरालो लागेको शेयर बजार ९ अङ्कले बढ्यो

ओरालो लागेको शेयर बजार ९ अङ्कले बढ्यो

काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार बिहीबार भने ९.३९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ ।

 

 यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९८ बिन्दुले वृद्धि भई २४९.७९ अङ्कमा पुगेको छ । कूल १६७ कम्पनीका छ लाख ९८ हजार ३७८ कित्ता शेयर रु २१ करोड नौ लाख ७३ हजार ३७२ मूल्यमा खरीद बिक्री भयो । 

 

बिहीबार होटल उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । होटल २.३१ बिन्दुले घट्दा बैंकिङ ९.११, विकास बैंक ७.९१, जलविद्युत् ५.३१, वित्त १.३२, निर्जीवन बीमा ६२.४६, उत्पादन ८.२६, अन्य ६.२७, माइक्रोफाइनान्स १४.०३ र जीवनबीमा २६.२१ बिन्दुले बढेको छ । 

शेयर बजार ९ अङ्कले बढ्यो

विशेष