तीन दिन हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौ । देशभरि नै तीन दिनसम्म सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै बिहीबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो ।
बिहीबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू-भागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बद्ली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ ।
वर्षा