विदेश

अमेरिकाले ग-यो चुरोटको मूल्यमा वृद्धि, अस्ट्रेलियामा चुरोट सर्वाधिक महँगो

अमेरिकाले ग-यो चुरोटको मूल्यमा वृद्धि, अस्ट्रेलियामा चुरोट सर्वाधिक महँगो

लन्डन । अमेरिकामा चुरोटको मूल्यवृद्धि भएको छ । तर पनि अस्ट्रेलिया संसारकै सर्वाधिक महंगो चुरोट बिक्री हुने सूचीमा परेको छ । 

 

अमेरिकाको न्यूयोर्क सिटीका मेयर बिल दि ब्लेसियोले चुरोटको मूल्य १०.५० डलरबाट १३ डलर पु¥याए । यो वर्ष अस्ट्रेलियामा चुरोटको मूल्यवृद्धि भएर ४० डलर पुग्यो । अघिल्लो वर्ष ‘३० विनफिल्ड ब्लुज’ नाम गरेको चुरोटको मूल्य ३ डलरबाट ३२ डलर र त्यसपछि ३५ डलरसम्म पुग्यो । चुरोटको मूल्यवृद्धि भएपछि पनि तीन वर्षको अवधिमा जम्मा ०.२ प्रतिशत धुमपान गर्नेको संख्या घटेपछि यो नतिजाले सबैलाई चकित बनाएको थियो ।

 

त्यस्तैगरी पहिलो स्थानमाा पर्न सफल भएको आइसल्यान्डले १२ प्रतिशत चुरोट सेवन कम गराउन सफल भएको थियो । नर्वेमा सात प्रतिशतले चुरोट खरिद बिक्री गर्ने क्रम घट्यो । 

 

हाल अस्ट्रेलिया विश्वमै धुमपान, मदिरापान र ड्रग्स बिक्री हुने तेस्रो महँगो देश पर्छ ।  यसमा जापान विश्वकै पहिलो नम्बरमा पर्छ भने न्युजिल्यान्ड दोस्रो नम्बरमा । 


 

अमेरिका

विशेष