News

आइजीपीलाई गृहमन्त्रीको निर्देशन- बलात्कारका घटना कम गर्न योजना बनाउनुहोस्

आइजीपीलाई गृहमन्त्रीको निर्देशन- बलात्कारका घटना कम गर्न योजना बनाउनुहोस्

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले महिला हिंसा र बलात्कारका घटनाको न्यूनीकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् । 

 

गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता घृणित कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताए । 

 

बलात्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने मन्त्रालयले ठहर गरेको छ । 

 

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध हो भन्दै कहीँकतै त्यस्तो भए उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिए । 

 

महिला हिंसा एवं बलात्कारका घटनाका उजुरीमा लापर्वाही नगरी गम्भीरतापूवर्क कारवाही अघि बढाउन उनले प्रहरीलाई निर्देशन दिए । 

 

गृहसचिव प्रेमकुमार राईसमेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरमा बालिका मृत्यु घटनाको सत्यतथ्य बाहिर ल्याउनका लागि गठित छानबिन समितिलाई सहयोग पुग्ने गरी सबै पक्षले काम गर्नुपर्ने बताए । 

रामबहादुर थापा ‘बादल’ सर्वेन्द्र खनाल

विशेष