विदेश

भारतमा पेट्रोल र डिजलको मूल्यवृद्धि

भारतमा पेट्रोल र डिजलको मूल्यवृद्धि

नयाँदिल्ली । भारतमा बिहीबार पेट्रोलियम पदार्थको मूल्यमा सामान्य वृद्धि भएको छ । 


वृद्धि भएको मूल्यअनुसार पेट्रोल प्रति लिटर दिल्लीमा ७८.३० र मुम्बइमा ८५.७२ भारतीय रुपैयाँ रहेको इन्डियन आयल कर्पोरेसनले जनाएको छ । 


त्यसैगरी डिजल राष्ट्रिय राजधानी दिल्लीमा ६९.९३ रुपैयाँ र मुम्बइमा ७४.२४ रुपैयाँ पुगेको छ । 


पेट्रोलका लागि यसअघिको मूल्यभन्दा दिल्लीमा १२ पैसा र मुम्बईमा १३ पैसा बढी तिर्नुपर्ने भएको भएको छ । 


त्यसैगरी डिजलमा पनि दिल्ली र कोलकातामा १४ पैसा र मुम्बई तथा चेन्नईमा १५ पैसा वृद्धि भएको निगमले जनाएको छ । 
–एजेन्सी  


 

भारतमा पेट्रोल र डिजलको मूल्यवृद्धि

विशेष