आत्मघाती आक्रमणमा दुईजनाको मृत्यु
बग्दाद । उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको छ ।
किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोट गराएका थिए ।
उक्त स्थान किर्कुक प्रान्तको प्रान्तीय सहर नामेकाकेबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ । हवीजाह प्रहरीका प्रवक्ता मोस्ताफा अब्दुल राजाकले आक्रमण र हताहतको भएको बताएका छन् ।
आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्य गरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टट्ेस (आइएस) ले आक्रमण गराएको हुन सक्ने सुरक्षा अधिकारीको दाबी छ ।
इराकी सुरक्षा बलले आइएस आतंककारीविरुद्ध पश्चिम किर्कुकको हवीजाह क्षेत्र, मोसुल र सलाहुदिन प्रान्तमा कारबाही जारी राखेपछि वर्षांैदेखि आफ्नो बलियो पकड रहेको यस इलाकाबाट गएको केही महिनायता दर्जनाँै आइएस आतंककारी त्यहाँबाट भाग्न वाध्य भएका थिए ।
अतिवादी समूहले एक पटक कब्जा लिएको सबै इलाका इराकी सुरक्षाबलले पुनः कब्जा लिएपछि सन् २०१७ को डिसेम्बरमा इराकी सरकारी अधिकारीले इराक आइएस आतंककारीकबाट मुक्त भएको दाबी गरेको थियो ।
यद्यपि हाल पनि नगर र ग्रामीण इलाकामा आइएस आतंककारीको उपस्थिति रहेको र उनीहरू आफूहरूलाई पुनः समूह बनाउँदै आक्रमण गर्दै आएका छन् ।
–एजेन्सी