गृह मन्त्रालयले ‘लागू पदार्थ निषेध र मदिरा नियन्त्रण अभियान’ चलाउने
काठमाडौं । अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलात्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।
गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागू पदार्थ निषेध र मदिार नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रिपरिषद्मा लैजानका लागि तयार पारेको छ ।
सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ । इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै महिलामाथिको हिसां, बालिका बलात्कार र बलात्कारपछि हत्यासमेतको घटना बढेपछि गृहमन्त्री राम बहादुर थापाले यस विषयलाई गम्भीरतापूर्व लिदै त्यसको नियन्त्रणका लागि प्रभावकारी ढंगले लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
पीडितका उजुरी लिन आनाकानी गर्ने र मेलमिलाप गर्ने गरेमा त्यस्ता अधिकारीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
गृहमन्त्रालय राम बहादुर थापा