News

लगानी कोषको निर्देशकमा अर्याल

लगानी कोषको निर्देशकमा अर्याल

काठमाडौं । नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ । 

 

कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ (म्यान) को महासचिव भएर लामो समय काम गरिसकेका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत थिए । 

 

कोषमा उनी अनुभवी व्यक्तित्वका रुपमा परिचित छन् । अर्यालले वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक गरेका छन् ।

सुशीलकुमार अर्याल नागरिक लगानी कोष

विशेष