News प्रदेश ७

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई फेरि एक हप्ता म्याद थप

निर्मला हत्या प्रकरणः बम दिदीबहिनीलाई फेरि एक हप्ता म्याद थप

कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई बिहीबार एक साताको म्याद थप गरिएको छ । 

 

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको  प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए । 

 

भीमदत्त नगरपालिका-२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो । घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिका निर्मलाका स्कूले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो । 

 

सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालतबाट म्याद थप गरिएको थियो ।  म्याद थप गरिएसँंगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका-१९ बागफाटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ पठाएको छ । 

कञ्चनपुर निर्मला पन्त

विशेष