News

कञ्चनपुरकाे जनजीवन सामान्य बन्दै, एक सातादेखिको कर्फ्यू हटाइयो

कञ्चनपुरकाे जनजीवन सामान्य बन्दै, एक सातादेखिको कर्फ्यू हटाइयो

कञ्चनपुर । एक सातादेखि कञ्चनपुरको भीमदत्तनगरपालिकामा लगाइँदै आएको कर्फ्यू बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले  जनजीवन सामान्य बन्दै गएपछि कफ्र्यू हटाउने निर्णय गरेको हो । 

 

गत शुक्रबारदेखि दिउँसो र राति गरी कफ्र्यू लाग्दै आएको थियो । जनजीवन सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले कर्फ्यूलाई खुकुलो पार्दै आएको थियो । 

 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जनजीवन सामान्य बन्दै गएकाले कफ्र्यू पूर्णरुपमा हटाइएको जानकारी दिए । १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको थियो । 

कञ्चनपुर निर्मला पन्त

विशेष