News समाज

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट बिहीबार बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ । 

 

निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद (ख) नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो । घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रूपमा करारमा नियुक्त भएका थिए ।
 

चितवन राष्ट्रिय निकुञ्ज

विशेष