प्रेस युनियनद्वारा पत्रकार खड्काको खोजीका लागि आग्रह
काठमाडौं । भदौ १० गतेदेखि वेपत्ता डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का (तेजु) को शीघ्र खोजी कार्यका लागि नेपाल प्रेस युनियनले सरकारसँग आग्रह गरेको छ ।
दिपायल सिलगढी नगरपालिका-१ तिखा घर भएका पत्रकार खड्का जनै पूर्णिमाका अवसरमा बाजुराको प्रख्यात धार्मिकस्थल बूढीनन्दामा लाग्ने मेलाबाट फर्कने क्रममा सम्पर्कविहीन भएका थिए ।
युनियनले उक्त खबरले अत्यन्तै चिन्तित तुल्याएको उल्लेख गर्दै युनियनकै पहलमा नेपाल प्रहरी र नेपाली सेनाले घटनास्थलमा खोजी कार्य भइरहेको समेत जनाएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै विकट पहाडी क्षेत्रमा स्थलगत खोजी कार्यमा ढिलाइ हुने भएकाले जनशक्ति बढाई स्थलगतका साथै हवाई खोजी कार्यका लागिसमेत सरकार र सेनासँग आग्रह गरेका छन्।
नेपाल प्रेस युनियन तेजबहादुर खड्का