News

सप्तरीमा बस दुर्घटना, १७ जना घाइते

सप्तरीमा बस दुर्घटना, १७ जना घाइते

राजविराज । सप्तरीमा बिहीबार बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको  अवस्था गम्भीर छ । 

 

पोखराबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ६९४२ नंको बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिकाको कल्याणपुरमा दुर्घटनामा परेको हो ।

 

बस अनियन्त्रित भई सडकमा पल्टेको हो । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार गम्भीर घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

सप्तरी बस दुर्घटना

विशेष