News

अध्यक्ष थापा भन्छन्,-‘सरकारको मूल्याङ्कन गर्ने बेला भएको छैन’

अध्यक्ष थापा भन्छन्,-‘सरकारको मूल्याङ्कन गर्ने बेला भएको छैन’

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले नै केपी ओली सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् । 

 

विराटनगरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै मूल्याङ्कनको बेला नभएको स्पष्ट पारे ।

 

 थापाले यातायात क्षेत्रको एकाधिकार (सिण्डिकेट) हटाउने र काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कार्य रोकेकोमा सरकारप्रति गुनासो व्यक्त गरे ।

 

 उनले मुलुकको समस्या समाधानका लागि सबै राजनीतिक दलको सहमति लिएर सहकार्य गर्नु उपयुक्त हुने बताए । अध्यक्ष थापाले सनातन हिन्दू राष्ट्र, लोकतन्त्रसहितको राजसंस्थालगायतका विषय सहमतिका आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी

विशेष