३ वर्षपछि एक अभियुक्त पक्राउ
काठमाडाैं । झण्डै ३ वर्ष अघि फरार एक अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका २२ वर्षिय धर्मेन्द्रकुमार दासलाई प्रहरीले आज पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए । सप्तरी जिल्ला अदालतले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो ।
पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए ।
धर्मेन्द्रकुमार दास