News राजनीति

जोशी कायम मुकायम प्रधानन्यायाधीशमा यथावत रहने

जोशी कायम मुकायम प्रधानन्यायाधीशमा यथावत रहने

काठमाडाैं । संसदीय सुनुवाई समितिले अस्वीकृत गरे पनि दीपकराज जोशी कायम मुकायम प्रधानन्यायाधीशमा यथावत रहने भएका छन् । जोशी संसदिय सुनुवाई समतिको दुई तिहाई मतले अस्वीकृत भएका थिए ।

 

तत्कालिन प्रधानन्यायधिश गोपाल पराजुलीको राजीनामा पश्चात कायम मुकायम प्रधानन्याधिशको जिम्ेवारी जोशीले सम्हाल्दै आएका थिए । प्रधानन्याधीश बन्ने सम्भावना बोकेका जोशी संसदीय सुनुवाई समितिबाट आज अस्वीकृत भएपछि अर्को प्रधानन्याधीश नियुक्त नहुँदासम्म काय मुकायमको रुपमा रहन पाउने छन् ।

 

संविधानको धारा १२९ को उपधारा ६ मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कामू प्रधानन्यायाधीश भई काम गर्नेछ’ भन्ने व्यवस्था छ ।सर्वोच्च अदालतका न्यायाधीशमध्ये वरिष्ठता क्रममा जोशी पहिलो स्थानमा छन् । 
 

दीपकराज जोशी संसदीय सुनुवाई समिति कायम मुकायम प्रधानन्यायाधीश

विशेष