तत्काल कर नलाउन सूचना प्रकाशित
जनकपुर । स्थानीय तहले लगाउने करको विषयमा विरोध भईरहेको वेला प्रदेश २ का सरकारले शुक्रबार सूचना प्रकाशित गरी तत्काल कर नलगाउन आग्रह गरेका छन् ।
संविधानको धारा २३२ बमोजिम संविधान कार्यान्वयन तीन तह सहकारिता, सहअस्तित्व र समन्वयका अधार हुने भएकाले स्थानीय तहले लगाउने करको विषयमा प्रदेश सरकार गम्भिर भएको सुचनामा उल्लेख गरिएको छ ।
प्रदेश २ मा स्थानीय तहको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन निर्माणको अन्तिम चरणमा रहेकोले कानुन नबनेसम्म कुनैपनि स्थानीय तहले ढुङ्गा, बालुवा गिट्टी, अभ्रख जस्ता साम्रगीमा कर संकलन नगर्न प्रदेश सरकारले अनुरोध गरेको छ ।