News

एकै दिन चारजनाद्वारा आत्महत्या

एकै दिन चारजनाद्वारा आत्महत्या

विराटनगर । प्रदेश नं १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन् । 

 

आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका-१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका-३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका-८ भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका-१३ सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

 

भदौ १४ आ-आफ्नै घरमा झुण्डी मृतावस्थामा उनीहरु फेला परेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धीत परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । 

 


 

आत्महत्या सुनसरी, उदयपुर र ताप्लेजुङ

विशेष