News राजनीति

राप्रपा र राप्रपा प्रजातान्त्रिकको वार्ता स्थगित

राप्रपा र राप्रपा प्रजातान्त्रिकको वार्ता स्थगित

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा प्रजातान्त्रिकबीचको एकता वार्ता अनिश्चित समयका लागि स्थगित भएको छ । दुई पार्टी एकता नजिक पुगेको  भनिएपनिराप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनील थापाले विवादास्पद अभिव्यक्ति दिएपछि पार्टी एकतामा समस्या आएको हो ।

 

महामन्त्री थापाले राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रको मुद्वा छाडेमा मात्र एकता हुनसक्ने अभिव्यक्ति सञ्चार माध्यममा दिएका थिए । यस विषयमा पार्टीले आधिकारीक धारण नबनाएसम्म वार्ता नगर्ने बताइएको छ । पार्टीले आधिकारिक धारणा नदिएसम्म वार्ता नगर्ने बताएको हो ।पार्टी एकताबारे छलफल गर्न दुबै पार्टीले वार्ता टोलीसमेत बनाएका थिए ।

 

जसमा राप्रपाबाट वुद्धिमान तामाङ, टंक ढकाल र राजेन्द्र लिंदेन छन् भने राप्रपा प्रजातान्त्रिकको वार्ता टोलीमा दीपक बोहरा, बिक्रम पाण्डे र सुनील थापा छन् । तर राप्रपा अध्यक्ष कमल थापाले वार्ता नगर्न वार्ता टोलीलाई आदेश दिएपछि वार्ता स्थगित भएको हो ।

 

राप्रपा प्रजातान्त्रिकले भने महामन्त्रीको भनाई पार्टीको आधिकारीक धारणा नभएको उल्लेख गरेको छ । 
 
 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा प्रजातान्त्रिक

विशेष