सत्यको मुख सुनको भाँडोले छोपियाे : जाेशी

काठमाडाैं । संसदिय सुनुवाई विशेष समितिबाट प्रधानन्यायधिशमा अस्वीकृत भएका कायममुकायम प्रधानन्यायधिश दिपकराज जोशीले ‘सत्यको मुख सुनको भाँडोले छोपिएको’ प्रतिक्रिया व्यक्त गरेका छन्।
शुक्रबार बिबिसी नेपाली सेवासँग कुरा गदै जोशीले सत्यलाई दबाउन खोजिएको आशय व्यक्त गर्दै संक्षिप्त प्रतिकृया दिएका हुन् । गत फागुन ३० गते न्यायपरिषद्ले गोपालप्रसाद पराजुली प्रधानन्यायाधीश पदमा बहाल नरहेको जनाएपछि वरिष्ठताका आधारमा जोशी कायममुकायम प्रधानन्यायाधीश बनेका थिए ।संस्कृतको एउटा श्लोक उद्धृत गर्दै भने ‘सुवर्णमयेन पात्रेण सत्यस्यापिहितं मुखम्। अर्थात् सुनको बिर्कोले सत्यको मुख छोपिएको छ।’ यसैबीच जोशी अस्वीकृत हुनुको ५ तथ्य नेकपाले दिएको छ । ५ कारणलाई नेकपाले तर्क दिँदै उल्लेख गरेको छ :
१. प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।
२. सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।
३. शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।
४. जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्व न्यायाधीशहरुबाटै प्रश्न उठको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिन सक्ने दृष्टान्त पेश गर्न नसकेको ।
५. जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको
संसदिय सुनुवाई समितिको १५ सदस्यमध्येबाट जोशीकाे विपक्षमा १० मत परेको थियो ।
दिपकराज जोशी संसदिय सुनुवाई विशेष समिति