गोली प्रहारबाट एकको मृत्यु
काठमाडाैं । धनुषामा गोली लागि हत्या भएको एक जनाको शव शुक्रबार विहान फेला परेको छ । कमला नगरपालिका–८ बस्ने अन्दाजी २५ वर्षीय राजेश यादवको गोली प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले पुष्टि गरेको हो ।
आज जनकनन्दनी गाउँपालिका इनर्वा्स्थित रेल्वे स्टेशन छेउमा यादवको शव स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार यादव पहिले आपराधिक कृयाकलापमा संलग्न भएको बताइएको छ । यादवको शरीरमा ३र४ गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनास्थलबाट कटुवा पेस्तोल १ थान, ३ थान गोलीको खोका र एउटा मोटरसाइकल फेला परेको धनुषाका प्रहरी प्रमुख गोविन्द थपलियाले बताए ।