नेपालद्वारा २ सय १७ रनको लक्ष्य प्रस्तुत
काठमाडाैं । नेदरल्यान्ड्सविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेट खेलमा नेपालले दुई सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ।टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए।
सुबास खकुरेल र दीपेन्द्रसिंह ऐरीले १९र१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो।
आरिफ र सोमपालबीच आठौं विकेटका लागि २३ रनको साझेदारी भयो।चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो।आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। ८८ रन जोड्दा पाँच विकेट गुमाएको नेपाललाई मध्यक्रम तथा सोमपालले सम्हाले।एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको यो तेस्रो अर्धसतक हो ।
पारसले ६९ बलमा दुई छक्का र ६ चौका प्रहार गरे। यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए।सोमपाल र सन्दीप लामिछानेबीच नवौं विकेटका लागि ४१ रनको साझेदारी भयो। ।नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन तथा पिटर सिलार र माइकल रिप्पोनले दुई दुई विकेट हात पारे।दुई खेलको शृंखलामा नेपाल १–० ले पछाडि छ।
पहिलो खेलमा नेपाली टोली ५५ रनले पराजित भएको थियो।