News

नदीमा बगेर एक महिलाको मृत्यु

नदीमा बगेर एक महिलाको मृत्यु

काठमाडाैं । सुर्नया नदीमा बगेर आज बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–४ बगारकी ३५ वर्षीया सकुन्तला महता रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

 

शिवनाथ गाउँपालिका–२ बारसी भन्ने ठाउँमा घाँस काट्न जानका लागि नदी तर्ने क्रममा बगेर उनी आज बिहान बेपत्ता भएकी थिइन्।

 

उनको शव बगेको ठाउँबाट करीब ७०० मिटर तल नदी किनारमा मध्याह्न भेट्टिएको प्रहरीले जनाएको छ । 

बैतडी सकुन्तला महता

विशेष