News मुख्य समाचार राजनीति

डोल्पामा वामदेवलाई ‘रेड सिग्नल’, डोल्पालीलार्इ आफ्नो गोजीका भोटर बनाएको भन्दै आक्रोशित

डोल्पामा वामदेवलाई ‘रेड सिग्नल’, डोल्पालीलार्इ आफ्नो गोजीका भोटर बनाएको भन्दै आक्रोशित

काठमाडाैं । डोल्पाबाट तत्कालिन नेकपा एमाले हालको नेपाल कम्युनिष्ट पार्टी (ने क पा)बाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा गराएर उनकोे स्थान बर्दियाबाट पराजित नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई संसदमा ल्याउने तयारी भइरहेका बेला डोल्पाका युवाले बुढाको राजिनामालाई रोक्ने प्रयास थालेका छन् ।

 

डोल्पाली जनता आफ्नो गोजीका भोटर हुन भन्ने सोचेर सरकारले यो चालेको कदम चालेको भन्दै युवाहरूले आक्रोश पोखेका छन् । पूर्व पर्यटनराज्यमन्त्री समेत रहेका बुढा २०७४ सालको निर्वाचनमा नेपालकै सबैभन्दा बढी प्रतिशत मत ल्याइ विजयी भएका उम्मेदवार हुन् । उनलाई राजिनामा गराई नेकपाले उपनिर्वाचन मार्फत नेता गौतमलाई संसदमा ल्याउने तयारी गरिरहेको छ ।  डोल्पामा बुढाले ११ हजार ७६१ मत ल्याएका थिए भने निकट प्रतिस्पर्धी कांग्रेसका अंगदकुमार बुढाको मत ३ हजार १६७ थियो ।

 

त्यस्तै बाँकी दुई उम्मेदवारमध्ये हर्कबहादुर ठकुल्लाले २० र अर्जुनबहादुर शाहीले २२ मत ल्याएका थिए ।  यसैक्रममा काठमाडौंमा रहेका डोल्पाका युवाले पत्रकारहरूसँग शुक्रबार छलफल गरेर वामदेवलाई स्वागत गर्न चाह पनि त्यो पाँच वर्षपछि मात्र हुनुपर्ने बताएका छन् । वामदेव मध्य पश्चिमकै नेता भए पनि मध्यपश्चिमले वामदेवबाट केही नपाएको युवा ज्ञानेन्द्रकुमार शाहीले बताए ।  ‘अहिले कर्णाली प्रदेश बन्यो, त्यसभन्दा अगाडि मध्यपश्चिम थियो ।

 

डोल्पा मध्यपश्चिमको विकट जिल्ला वामदेव मध्यपश्चिमकै नेता उहाँले मध्यपश्चिमलाई के गर्नुभयो?’ उनले प्रश्न गर्दै भने, ‘काठमाडौँलाई रेलको आवश्यकता होला, तर डोल्पालाई रेल चाहिएको छैन ।’

डोल्पा धनबहादुर बुढा वामदेव गौतम

विशेष