पाइलट भावनात्मक रुपमा विक्षिप्त भएको कारण युएस बंग्ला विमान दुर्घटना भएको निष्कर्ष
काठमाडौं । केही महिना अघि भएको युएस बग्ंला विमान दुर्घटनाबारे केही रहस्य बाहिरिएका छन् । त्रिभुुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको उक्त विभत्स दुर्र्घटनामा परि ५१ जनाले ज्यान गुमाएका थिए । नयाँ अनुसन्धानले निकालेको निष्कर्ष अनुसार, यो घटनाको प्रमुख कारण क्यप्टेन भावनात्मक रुपमा विीक्षप्त भएर भएको भन्ने बयान आएको छ ।
घटनाका अनुसन्धानकर्ताले जनाएअनुसार जहाजका क्याप्टेन अबिड सुल्तान जहाजका सहचालकले आफ्नो खुबीबारे प्रश्न उठाएको भन्दै चित्त दुखाएर उडानको क्रममा रोएका थिए । यो तनावले उनी जहाजको ककपिटमा रहेर लगातार धुमपान गरिहे ।
क्यप्टेनको लगातारको मौनताले गर्दा अर्का सह चालकले निर्देशन गुमाउनु परेको थियो । जसले दुर्घटना हुने समयमा जहाज हाँकिरहेका थिए । ती सह चालक पृथुला रसीद भर्खरै पाइइलट भएका थिए र काठमाडौं विमानस्थलमा ल्याण्डिङ गर्नु उनको लागि पहिलो पटक थियो ।
युएस बंग्ला विमान दुर्घटनाको अन्तिम अनुसन्धानको ड्राफ्टले जनाएअनुसार, सह चालकले क्याप्टेनलाई राम्रो निर्र्देशन दिने व्यक्ति भएको नाताले उनको प्र्रतिष्ठाबारे प्रश्न गर्दा क्याप्टेन ठूलो तनाव र भावनात्मक रुपमा विक्षिप्त भएका थिए ।
उडानको क्रममा क्याप्टेन सुल्तान जो विमानका आदेश दिने व्यक्ति पनि थिए उनले सहचालकलाई उडान अवधिभर आफ्नो व्यवसायिकता देखाएर ‘इम्प्रेस’ गर्न खोजेका थिए ।
त्यस्तैगरि पहिलाको अनुसन्धनले जनाएनुासर, एयर ट्राफिकको कारणले ‘रनवे ०२’ र ‘रनवे २०’ बीच अलमल हुन गएको कारण पनि दुर्घटना भएको निष्कर्ष निकालिएको थियो ।