News

कांग्रेसद्वारा जनकपुरको सबै वडामा धर्ना

कांग्रेसद्वारा जनकपुरको सबै वडामा धर्ना

जनकपुर । अत्यधिक करवृद्धि गरेको भन्दै शुक्रवार कांग्रेसद्वारा जनकपुरधाममा आन्दोलन गरेको छ । कांग्रेसको जनकपुर नगरकमिटीले कर वृद्धिको विरोधमा उपमहानगरपालिकाको २५ वटा वडा कार्यालयहरुमा काममा अवरोध गरी धर्ना दिएको छ । बिहान १० बजेदेखि ३ बजेसम्म धर्ना कार्यक्रम सुरु गरिएको जनकपुर नगरका अध्यक्ष मनोज शाहले बताए । 

 

उपमहानगरपालिकाले एकिकृत सम्पतीमा, सरसफाईमा, पार्किङ्ग शुल्क लगायतका व्यापक कर वृद्धि गरेको अध्यक्ष शाहले बताए । एकिकृत शहरी विकास आयोजनाले बजार अस्तव्यस्त अवस्थामा रहेको, व्यापार निकै सुस्त भएको, सडक विस्तारको क्रममा घर तोडफोडले स्थानीय तनावमा परेको समयमा नगरपालिकाले केहि राहत दिनुपर्ने ठाँउमा कर वृद्धि गरेर अन्याय गरेको उनले बताए ।

 

भारतीय पर्यटक जनकपुर आउदाँ गाडीहरुसँग प्रति घण्टा २० रुपैयाँको दरले पार्किङ शुल्क लिएर गतल गरेको उनले बताए । उनले उपमहानगरपालिकाले करवृद्धिमा संसोधन नगरे उपमहानगरपालिकाको परिसरमा धर्ना दिने बताए ।
 

जनकपुरधाम कांग्रेसद्वारा आन्दोलन करवृद्धि गरेको भन्दै

विशेष