मेस्सी बने बार्सिलोनाको क्याप्टेन

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले क्याप्टेनको जिम्मेवारी फुटबल स्टार लियोनल मेस्सीलाई दिने भएको छ । बार्सिलोनाले प्रि–सिजन सकिए लगत्तै मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने भएको हो ।
बार्सिलोनका नियमित क्याप्टेन इनिएस्टा जापानिज क्लबमा आबद्ध भएसँगै मेसीले क्याप्टेनको जिम्मेवारी पाउन लागेका हुन् । क्लबले मोरक्कोमा सेभियासँग हुने स्पेनिस सुपरकपको फाइनलअघि मेसीलाई क्याप्टेनको जिम्मेवारी दिने तयारी गरेको जनाइएको छ ।
प्रि–सिजन टुरमा भने बार्सिलोनाले सर्जी रोबर्टो, राफिन्हा, ज्यास्पर सिलेसनलाई क्याप्टेन बनाएको छ । लुइस स्वारेज र टेर स्टेगनलाई क्लबले चौथो रोजाइमा राखेको छ ।