चीनको शीर्ष तहका एक बौद्ध भिक्षुमाथि यौनशोषणको गम्भिर आरोप
बेइजिङ । चीनको शीर्ष तहका एक बौद्ध भिक्षुमाथि यौनशोषणको गम्भिर आरोप लागेको छ ।
गत जुलाईमा चिनियाँ अधिकारीहरुसमक्ष प्रस्तुत गरिएको ९५ पृष्ठ लामो दस्तावेजमा सी सुचेङमाथि दुई बौद्ध भिक्षुले लोङकुवान गुम्बामा आनीहरुमाथि यौनशोषण तथा दुर्व्यवहार गरेको गम्भिर आरोप लगाइएको हो ।
यद्यपि, भिक्षुले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरुको खण्डन गरेका छन् ।
लोङकुवान गुम्बाका प्रमुख सुचेङ बुद्धिस्टि एशोसिएसन अफ चाइनाका हाइप्रोफाइल व्यक्ति हुन् । उनी चिनियाँ सरकारको राजनीतिक सल्लाहकार समेत रहेको सिएनएनले उल्लेख गरेको छ ।
५१ वर्षीय भिक्षुले बुधबार राती सामाजिक सञ्जाल वेइबोमा छोटो विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएको सबै आरोपहरु निराधार भएको बताए ।
गुम्बाको नाममा जारी विज्ञप्तिमा आम जनतालाई गुमराह गर्न तथ्यहीन आरोपहरु लगाइएको उनले आरोप लगाएका छन् । त्यस्तै, यस विषयमा सरकारलाई आधारिक छानविन गर्न माग पनि गरिएको विज्ञप्तिमा उल्लेख छ ।
चीन बौद्ध भिक्षु यौनशोषण