News स्वास्थ्य

यस्तो छ अन्डा पकौडा बनाउने सजिलो तरिका

यस्तो छ अन्डा पकौडा बनाउने सजिलो तरिका

काठमाडौं । अन्डा प्राय सबै पसलमा पाइन्छ। पकाउन सजिलो र पोषणयुक्त भएकाले अन्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। अन्डाले मांसपेशी मजबुत बनाउनुका साथै तौल व्यवस्थापनमा पनि सहयोग पुर्‍याउँछ।

 

गर्भावस्थामा अन्डा खाँदा आमा तथा गर्भमा रहेको शिशुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। अन्डा भिटामिन ई, कोलिन, सेलेनियम, भिटामिन डी, भिटामिन बी १२, बी २, भिटामिन ए, जिंक, आइरन, फस्फोरस आदिको श्रोत मानिन्छ । त्यसैले अन्डा सबै उमेर समूहकाका लागि फाइदाजनक मानिन्छ। यसलाई अम्लेटका रूपमा  वा उसिनेर खान पनि सकिन्छ।

 

अन्डा स्वास्थ्यका लागि फाइदाजनक भएकाले  विभिन्न परिकार बनाउनमा प्रयोग गरेकाे पाइन्छ। अन्डाबाट पकौडा पनि बनाउन सकिन्छ। पकाउन सजिलाे र स्वादिष्ट  हुने भएकाले अन्डा पकौडा  सबैकाे राेजाइमा परेकाे हाे। अन्डा पकौडा बनाउन सजिलो छ। धेरै  समय पनि  खर्चिनु पर्दैन ।  

 

अन्डा पकाैडा  बनाउने विधि र अावश्यक सामग्री तल दिइएको छ। 


आवश्य सामग्री

चारवटा उमालेको अन्डा

दुई कप बेसन

एक चम्चा लसुनको पेस्ट

एक सानो चम्चा मरिचको पाउडर

सानो आधा चम्चा बेसार

एक कप ब्रेड क्रम्ब्स

स्वादअनुसार नुन

पानी

आवश्य हरियो खुर्सानी

आवश्यक मात्रामा तेल


पकाउने विधि

उमालेको अन्डालाई बीच भागमा काट्ने।एउटा भाँडामा बेसन, मरिचको पाउडर,लसुनको पेस्ट, हरियो खुर्सानी र बेसारको मिश्रण गरी त्यसमा अलकति पानी मिसाएर घोल बनाउने।घोलमा अघि तयार पारिएको अन्डा डुब्ने गरी राख्ने । एउटा कराइमा तेल राखेर चुलोमा तताउन राख्ने।तेल तातिसकेपछि त्यसमा घोलमा राखिएको अन्डालाई रातो हुनेगरी पकाउने। यसरी पाकेको अन्डालाई ब्रेड क्रम्ब्समा लपेटेर प्लेटमा राख्ने।अब तयार भयो अन्डा पकौडा।अन्डा पकौडा चटनीसँग खाँदाको मज्जा नै बेग्दै हुन्छ।

अन्डा पोषण

विशेष