News समाज

दिल्लीलाई होइन काठमाडौंलाई नै कर तिर्न चाहन्छाै: सरोज राय

दिल्लीलाई होइन काठमाडौंलाई नै कर तिर्न चाहन्छाै: सरोज राय

काठमाडौं । दिल्लीमा यूनाईटेड मधेसिज अफ नेपालको वार्षिकोत्सव मनाइयो । कार्यक्रमको संचालन नवनियुत अध्यक्ष आलोक साह एवम् संयोजक रोसन झाले गेरेका थिए । कार्यक्रमा विभिन्न नेपाली संस्थाहरूको उपस्थिती रहेको थियो । 


कार्यक्रमा सर्व प्रथम सहिदहरूको सम्झनामा २ मिनेटको मौन धारन गरिएको थियो । कार्यक्रमको अध्यक्षता संस्थाका २०१७/ १८ का अध्यक्ष राम दयाल महतोले गरेका थिए भने मुख्य अतिथी सरोज राय थिए । 


सरोज रायले, आफ्नो मन्तवय राख्दै मधेशमा भएको विभेद को चित्रण गरेका थिए । साथै उनले, 'सरकारले पहाड र मधेस बिचको दूरी बढाउदै गएको कुरामा जोड दिए । मधेसको समस्या भनेको राष्ट्रिय उत्पिडनको समस्या भएको हुनाले अधिकार प्राप्तिको लागि संघर्षको विडा अब युवाहरूको कांधमा आई परेको छ ।' 

 

त्यसैले सबै युवा पिडीलाई संघर्ष गर्नको लागि तयार रहन आहवान गरे । उनले भने, “हाम्रो संघर्ष बराबरको अधिकारको लागि मात्र रहेको छ, न हामी मधेसलाई अलग देश बनाउन चाहन्छौं, न दिल्लीलाई कर तिर्न चाहन्छौं, हामी काठमाण्डौलाई नै कर तिर्छौं तर गुलाम भएर होइन ।”

 

कार्यक्रमा अतिथिका रुपमा भाजपानेता बि.बि.त्यागि उपस्थित थिए । त्यसै गरि सिए गोपाल केडिया तथा निकासा अध्यक्ष सिए सुमित गर्ग र उपाध्यक्ष हिमान्सु अभिशेक थिए ।

 

नेपालबाट तराई मधेश राष्ट्रिय परिषदको सदस्य संजीव यादव र जय प्रकाश महतोको पनि उपस्थिती थियो । जेडियू महिला सेल एवंम जेडियू एकाइका व्यक्तित्वहरु पनि उपस्थित थिए । 


 

वार्षिकोत्सव यूनाईटेड मधेसिज अफ नेपाल

विशेष