News स्वास्थ्य

दुर्गम जान चिकित्सकको हानथाप

दुर्गम जान चिकित्सकको हानथाप

काठमाडौं । सधैं सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेका छन् । नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक (एमडी) बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरु दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेको  छ। 

 

स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन् । उनीहरुले आफूअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन् । 

 

विगतमा सुमगमा खटाउन अनुरोध गर्दै आएका नेता तथा माथिल्लो निकायका कर्मचारीले अहिले आफू अनुकूल चिकित्सकलाई अति दुर्गम नभए दुर्गममा पठाउन मन्त्रालयमा दबाब दिन थालको मन्त्रालयले स्रोतले जनायो । -  नयाँ पत्रिकाबाट ।

डाक्टर स्वास्थ्य मन्त्रालय

विशेष