जोशीलाई बोकेर कांग्रेसको सरकार पछार्ने दाऊ

जोशीलाई बोकेर कांग्रेसको सरकार पछार्ने दाऊ

काठमाडौं । संसदीय सुनुवाई समितिबाट दुई तिहाई मतले अस्वीकृत भएका प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई कांग्रेसले बोकेको छ । शैक्षिक प्रमाणपत्र, नैतिकता, काम–कारबाही लगायतका विषयमा प्रश्न उठाउँदै जोशीको नाम समितिले शुक्रबार अस्वीकृत गरेको थियो । १५ सदस्यीय समितिमा कांग्रेसका पाँच सदस्य रहेकोमा उनीहरुले बैठक बहिस्कार गरेका थिए । 

 

के गर्न खोज्दैछ कांग्रेस ?
एमालेले दुईतिहाईको आडमा न्यायालय कब्जा गर्न खोजेको भन्दै कांग्रेस त्यसको विरोधमा उत्रिएको हो । जोशीको विषयमा पक्ष–विपक्षमा तर्क–वितर्क भइरहेका बेला कांग्रेसले यसलाई अन्तर्राष्ट्रिय मुद्धा बनाउने भएको छ । कांग्रेसको विरोधको मुख्य कारण भने सरकारको ‘दूनो सोझो’ हुन नदिनु हो । डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि विरोधका लागि नयाँ ‘ईस्यू’ खोजिरहेको कांग्रेसका लागि जोशी ‘मसला’ भएका छन् ।

 

शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस बैठकले दुई तिहाई मतको बलमा सरकारले न्यायालय कब्जा गर्न खोजेको भन्दै यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गर्यो । जोशीलाई दुई तिहाईको बलमा अस्वीकृत गरेको भन्दै यस विषयलाई सदन, सडक हुँदै अन्तर्राष्ट्रियकरण गर्ने निर्णय भएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिए । 

 

खासमा कांग्रेसले जोशीलाई बोकेर सरकारलाई ‘काउन्टर’ दिन खोजिरहेको छ । पछिल्लो समय चौतर्फी सरकारको विरोध भइरहेको मौका छोपेर कांग्रेस केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउने दाँऊमा छ । त्यसैले जोशी प्रकरण उसका लागि ‘हट ईस्यू’ बनेको छ । र, ऊ यसलाई नदरअन्दाज गर्न चाहन्न । 

 

सुनुवाई समितिमा पुगेको प्रस्तावमा तत्काल निर्णय गर्नुपर्नेमा समिति सिदस्यले ढिला गरी जोशीको नाम अस्वीकृत गरेका थिए । सत्तापक्ष एमालेले जोशीको विपक्ष र कांग्रेसले पक्षमा राजनीति गरेका कारण यस्तो अवस्था आएको हो ।
 

दीपकराज जोशी काँग्रेस

संम्बधित खबर

विशेष