विदेश मुख्य समाचार

आमाको नजरमा छोरा ओसामा–बिन–लादेन

आमाको नजरमा छोरा ओसामा–बिन–लादेन

काठमाडौं । अल कायदाका नेता ओसामा–बिन–लादेनको मृत्यु भएको सात वर्षपछि उनकी आमाले पहिलो पटक सार्वजनिक रुपमा केही बोलेकी छन् । उनकी आमा आलिया गानेमले बेलायती पत्रिका ‘द गार्जियन’ लाई साउदी अरबको जेद्दास्थित आफ्नो पुर्ख्यौली घरमा अन्तर्वार्ता दिएकी हुन् ।

 

आलियाका अनुसार उनका छोरा बाल्यकालमा लजालु र ‘राम्रो बच्चा’ थिए तर विश्वविद्यालयमा ‘ब्रेनवाश’ गराएर जबर्जस्ती उनको विचार परिवर्तन गराइयो ।

 

परिवारका अनुसार सन् १९९९ मा अन्तिम पटक उनीहरुले बिन लादेनलाई अफगानिस्तानमा देखेका थिए । यो लादेनको मृत्यु हुनुभन्दा दुई वर्ष अघिको कुरा हो ।

 

सुरुमा उनी सोभियत सेनासँग लड्नका लागि अफगानिस्तान पुगेका थिए । सन् १९९९ सम्म उनको पहिचान संसारभरी संदिग्ध चरमपन्थीको रुपमा स्थापित भइसकेको थियो । –बिबिसीबाट

ओसामा–बिन–लादेन

विशेष