घुमाउनेको पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक सूचारु
चितवन । पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड सूचारु भएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ घुमाउनेमा गएराति करिब साढे १० बजेतिर खसेको पहिरो विहानैदेखी डोजर लगाएर पन्छाइएको हो ।
रातिको समयमा पहिरो पन्छाउन नसकिएपछि आइतबार बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो । पहिरो खसेर बाटो बन्द भएपछि यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
नारायणगढ-मुग्लिन सडक बिस्तार भएपनि ठाउँ ठाउँमा पहिरो झर्ने क्रम नरोकिँदा यात्रुहरुले सास्ती पाएका छन् । शनिबार पनि पहिरोले सो सडकखण्ड अवरुद्ध भएको थियो ।