News समाज देश प्रदेश ३

भक्तपुर फेरि पनि डुबानमा, घरघरमा बाढी पसेपछि स्थानीयबासीको बिचल्ली

भक्तपुर फेरि पनि डुबानमा, घरघरमा बाढी पसेपछि स्थानीयबासीको बिचल्ली

फार्इल तस्वीर

काठमाडौं । भक्तपुर फेरि पनि डुबानमा परेको छ । गएराति परेको वर्षाले सल्लाघारी, राधेराधे, सिर्जनानगर लगायतका क्षेत्र डुबानमा परेका हुन् ।

 

यसअघि २८ असारमा पनि भक्तपुर डुबानमा परेको थियो ।शनिबार रातिको बाढीले राधेराधे र सल्लाघारी जोड्ने पुलमा क्षतिसमेत पुगेको छ । पुल मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

 

आइतबार बिहानै प्रभावित क्षेत्रको निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी भट्टले भने, ‘सडक विभाग र नगरपालिकाको सक्रियतामा भासिएको ठाउँमा फिलिङ गर्ने र थप क्षति हुन नदिने काम भइरहेको छ ।’

 

तर, यातायात सेवामा भने प्रभाव नपरेको उनले जानकारी दिए । घरघरमा बाढी पसेपछि स्थानीयबासीको भने बिचल्ली भएको छ ।

 

हनुमन्ते खोलाको बाढी भक्तपुरमा पस्ने गरेको छ । जग्गा कारोबारीले खोलालाई साँघुरो बनाउँदै घडेरी निकाल्दै गर्ने क्रम बढेकाले हरेक वर्ष बाढी भक्तपुरमा पस्ने गरेको स्थानीय बताउँछन् ।

भक्तपुर डुबान

विशेष