News समाज देश

नेपालगञ्जमा वाटरपार्क निर्माण गरिँदै

नेपालगञ्जमा वाटरपार्क निर्माण गरिँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा जलोद्यान(वाटरपार्क) निर्माणको काम शुरु भएको छ । 

 

७० करोडको लागतमा जलोद्यान निर्माण थालिएको हो । निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालगञ्ज नगरविकास समितिका अध्यक्ष गोपाल पुनले बताए । जलोद्यानको कूल क्षेत्रफल ६५ बिघा रहेकामा १० बिघामा तालले ओगटेको छ । 

 

“ताल क्षेत्रलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ,” पुनले भने, “उद्यानमा आकर्षक र मनमोहक पूmलबारी, बाल उद्यानलगायत संरचना निर्माण गरिनेछ ।” 

 

जलोद्यान निर्माणबाट नेपालगञ्जको विकासमा टेवा पुग्ने नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालले बताए । “ जलोद्यानले धम्बोझी टोलको स्वरुप फेरिन्छ, व्यापारीक गतिविधि बढ्नुका साथै यहाँका बासिन्दाको जीवनस्तर नै फेरिन्छ,” उनले भने । 

 

नेपालगञ्ज नगर विकास समितिले जलोद्यान क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडकलाई उक्त उद्यानसँग जोडिने छ ।

 

जलोद्यान निर्माणको योजना दश वर्षअघि तयार गरिएको हो । जग्गा अधिग्रहणको विवादपछि निर्माण अगाडि बढ्न सकेको थिएन । 

 

अहिले पर्खाल, पैदलमार्ग र हरितक्षेत्र निर्माण भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन जलोद्यान निर्माण जरुरी भएको स्थानीयवासी बताउँछन् । 

जलोद्यान(वाटरपार्क) निर्माण नेपालगञ्ज उपमहानगरपालिका ७० करोडको लागत

विशेष