विदेश

मुसर्रफको राजद्रोहको मुद्दा ब्युताइने

मुसर्रफको राजद्रोहको मुद्दा ब्युताइने

इस्लामावाद । पाकिस्तानको एक विशेष अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफविरुद्धको राजद्रोह मुद्दामाथि पुनः सुनुवाइ गर्ने भएको छ । 


लाहोर उच्च अदालतका प्रधानन्यायाधीश यवार अली, बलोचिस्तान उच्च अदालतका न्यायाधीश ताहिरा सरदार र सिन्ध उच्च अदालतका न्यायाधीश नजार अकबरले उक्त मुद्दालाई आगामी अगस्ट २० पछि हेर्ने बताइएको छ । 


पाकिस्तानी मुस्लिम लिग–नवाज (पिएमएल–एन) को सरकारले सन् २०१३ मा दर्ता गराएको मुद्दामा मुसर्रफलाई सन् २००७ मा संकटकालको घोषणा गर्दा अवैध रूपमा सेनाको सहयोगमा देशको संविधानलाई निलम्बन गरेको आरोप लगाइएको थियो ।

 
मुसर्रफको नाम देश बाहिर भ्रमण गर्न नपाउने सूचीबाट हटेपछि स्वास्थ्यको कारण देखाउँदै उनी दुबई प्रस्थान गरेपछि उक्त मुद्दा सन् २०१६ देखि विचाराधीन रहँदै आएको थियो । 


मुसर्रफको अनुपस्थितिमा उक्त मुद्दा प्रक्रिया अघि बढाउन नसकिएको हो । विशेष अदालतले मुसर्रफलाई दोषी करार गरेको र उनको सम्पत्ति जफ्त गर्न भनिएको भए पनि अदालती कानुनी प्रक्रिया नपुगेको भन्दै अभियोग लगाइएको भने थिएन ।

 
मुसर्रफलाई पाकिस्तान फर्कने अन्तिम पटक मौका दिइएपनि उनी स्वदेश नआएकाले न्यायालयद्वारा उनको राष्ट्रिय परिचयपत्र र राहदानीलाई निषेध गर्न आग्रह गरिएको छ ।(एजेन्सी) 

 

पाकिस्तान मुसर्रफ

विशेष