१३ खर्बको बजेट, १२ खर्ब व्यापार घाटा
काठमाडौं । नेपालको व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड पुगेको छ । यो घाटा आव २०७३\७४ को तुलनामा २७.५३ प्रतिशत बढी हो । अघिल्लो आवामा नौ खर्ब ११ अर्ब २६ करोडको व्यापार घाटा भएको थियो ।
आयात बढ्दै जाने तर निर्यात नबढ्ने अवस्थाका कारण व्यापार घाटा उच्च बन्दै गएको हो । आवा २०७४\७५ मा नेपालले १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयँँको वैदेशिक व्यापार गरेको थियो । त्यो मध्ये १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिँदा ८१ अर्ब १९ करोड रुपैयाँको नेपाली वस्तु विश्व बजार पुगेको छ ।
–अन्नपूर्ण पोस्ट्बाट