News

सर्वोच्चको वेबसाइटबाट हट्यो जोशीको नाम

सर्वोच्चको वेबसाइटबाट हट्यो जोशीको नाम

काठमाडौं । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्रले पाएका छन् । उनले आइतबार आफूसहित १० वटा इजलास तोके । संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि यसअघिका कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि १५ दिनको बिदामा बसेका छन् ।


मिश्रले आइतबार पेसी तोकेका ४६६ मध्ये ४७ मुद्दाको फैसला र ९१ मा आदेश जारी भएको छ । बाँकी मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । मिश्रले आफ्नै इजलासमा ५७ वटा मुद्दाको पेसी राखेका थिए । तीमध्ये ४ फैसला र ११ आदेश भएका छन् ।

 

सर्वोच्चले जोशीको नाम हटायो
सर्वोच्च अदालतको वेबसाइटमा कामु प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम राखिएको छ । दीपकराज जोशीको नाम भने न्यायाधीशका रूपमा उल्लेख गरिएको छ । – नयाँ पत्रिकाबाट

प्रधानन्यायाधीश

विशेष