इण्डोनेसिया शक्तिशाली भूकम्प, ८२ को मृत्यु

काठमाडौं । इण्डोनेसियाको लोम्बोक टापुमा ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पमा ८२ जनाको मृत्यु भएको छ। भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ।
भूकम्पबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन।