नारायणगढ–मुग्लिन सडक अवरूद्ध

काठमाडौं । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक फेरि अवरुद्ध भएको हो।
जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ। रासस
नारायणगढ–मुग्लिन सडक