नयाँ शक्तिका जिल्ला संयोजक मृत भेटिए

काठमाडौं । नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् ।
गयराति चन्दननाथ नगरपालिका ५ जुगाडखोला नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सोही नगरपालिका २ निवासी ४३ वर्षीय बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इर्मेजेन्सी कोठामा राखिएको छ ।
मुचुल्का पछि शवलाई मोष्टमाटम गरिने प्रहरीले बताएको छ । घटनाबारे विस्तुत जानकारी नआई सकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटना कसैले घटाएको आंशकामा प्रहरीले सनलाइट होटलका साहु खड्गजित रोकाया, एङ्गल लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।