News समाज देश

अभियान सञ्चालन पछि शून्य प्रतिशत विद्युत चुहावट

अभियान सञ्चालन पछि शून्य प्रतिशत विद्युत चुहावट

लहान । केही वर्षअघिसम्म अत्याधिक विद्युत् चुहावट हुँदै आएको सिरहाको मिर्चैया क्षेत्रमा यसवर्ष चुहावट शून्य दशमलव ४५ प्रतिशतमा झरेको छ । 

 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मिर्चैयाका प्रमुख शिवराम यादवका अनुसार चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि ९ दशमलव ७२ प्रतिशतबाट शून्यमा झारिएको हो । आर्थिक वर्ष २०७३/ ७४ सम्ममा ९ दशमलव ७२ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । 

 

समयमै विद्युत् महसुल नबुझाउने एक हजार ३३५ ग्राहकको विद्युत् लाइन आव २०७४÷७५ मा काटिएको यादवले बताए । बाँकी बक्यौता रकम समयमा नबुझाएका तथा पटक पटक महसुल बुझाउन आग्रह गर्दा पनि बेवास्ता गर्ने ग्राहकको लाइन काटिएको यादवको भनाइ छ । विद्युत् लाइन काटिएका एक हजार ५३ ग्राहकबाट दुई करोड ५६ लाख १३ हजार पुरानो बक्यौता रकम संकलन गरिएको छ । 

 

वितरण केन्द्र मिर्चैयाले आव २०७४/ ७५ मा अंकुश लगाएर विद्युत् चुहावट गर्ने १९३ जनालाई पक्राउ गरी कारवाही गरेको छ । कारवाही गरिएकाबाट आठ लाख २८ हजार राजश्व संकलन गरिनाका साथै २०० भन्दा बढी विद्युत् उपकरण बरामद् गरिएको बताइएको छ ।  
 

विद्युत् चुहावट सिरहाको मिर्चैया क्षेत्र शून्य दशमलव ४५ प्रतिशत

विशेष