News समाज देश

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

विदेशीको शंकस्पद सम्पत्तिमाथि छानबिन

काठमाडौं । नेपाली बैंकमा एकजना फ्रान्सेली नागरिकको अस्वभाविक रकम देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। ती सम्पत्ति शंकास्पद देखिएपछि अघिल्लो साता फ्रान्सेली नागरिक रेगिस बर्नाल्ड एन्टोनीलाई विभागले पक्राउ गरेको थियो।

 

एन्टोनीको हिमालयन बैंकमा मुद्धति खातामा जम्मा भएको रकम शंकास्पद देखिएको सूचना दिँदै विभागले उनको यात्रमा रोक लगाउन अध्यागमन विभागलाई पत्राचार गरेको थियो। अध्यागमन विभागले गत बुधबार एन्टोनीलाई पक्राउ गरी हिरासतमा राखेको छ।

 

एन्टोनीले उक्त रकम किन नेपाल भित्राए भन्ने केही खुलेको छैन। पटकपटक नेपाल आउँदा रकम ल्याएर उनले जम्मा गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

 

प्रारम्भिक बयानमा उनले आफू रसुवाको स्याफ्रुबेसीमा सामाजिक सेवाको काम गर्दै आएको बताएका छन्। पैसा कुन शीर्षकमा कहाँ खर्च गर्न ल्याएका हुन् भन्ने विषयमा केही खुलेको छैन। उनी पर्यटक भीसामा नेपाल बस्दै आएका थिए।

 

हिमालयन बैंंकको खातामा उनको कति रकम छ भन्ने नखुलाए पनि बैंकमा राखेको रकमको उनले भन्सार कार्यालयबाट डिक्लियरेसन नगराएको स्रोतले बताएको छ। अध्यागमन विभागमा महानिर्देशक ईश्वरराज पौडेलले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा एन्टोनीलाई पक्राउ गरिएको बताए। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग  नेपाली बैंक हिमालयन बैंक मुद्धति खाता

विशेष