एन आई सी एसियाको नयाँ शाखा विस्तार
काठमाडाैं । एन आई सी एसिया बैंक मुलुककै सबभन्दा ठुलो बैंकको रुपमा स्थापित भएको छ । बैंकका सूचना अधिकारी सुधिर नाथ पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै दुई नयाँ शाखा विस्तार गरेसँगै एन आई सी एसिया बैंककाे सञ्जाल मुलुकभरी नै सबैभन्दा ठुलाे भएकाे जानकारी दिए ।
सोमबार धार्दिङको गजुरी गाउँपालिका वडा नं १ र धार्दिङकै गल्छी गाउँपालिका वडा नं ७ मा एन आई सी एसिया बैंकको दुई नयाँ शाखा कार्यालय विस्तार भएको थियो । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत र गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नयाँ शाखाहरूको उद्घाटन गरेका थिए ।
मुलुकभर २ सय ३४ वटा शाखा कार्यालय, २ सय २४ वटा एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर रहेको उक्त बैंकले १६ वटा शाखा रहित बैंकिङ इकाई मार्फत सेवा प्रदान गरिहेको सूचना अधिकारी पाण्डेले बताए । उनका अनुसार बैंकको वासलातको आकार १ सय ७४ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप १ सय ४९ अर्ब पुगेको छ । हालसम्म करिब ११ लाख ७५ हजार ग्राहक रहेको उक्त बैंकममा नयाँ ग्राहकरू बढ्दो क्रममा रहेका छन् ।
हरेक बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्त्र गराउने उदेश्यले अन्य स्थानमा पनि बैंकको थप शाखा विस्तार गर्ने तयारी गरिरहेको सूचना अधिकारी पाण्डेले बताए ।